दफा ३२ख
कोषले कस्टोडियनको कार्य गर्न सक्ने
(१) कोषले स्वदेशी वा विदेशी लगानीकर्ताहरूको तर्फबाट तिनीहरूका धितोपत्रको जिम्मा लिने, खरीद बिक्री गर्ने, गराउने वा खरीद बिक्री भएका धितोपत्रको नामसारी, दाखिल खारेज र व्याज वा मुनाफा संकलन गर्ने कार्यहरू गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कोषले डिबेञ्चरको ट्ष्टीको रुपमा गर्ने काम, कर्तव्य, अधिकार तथा पूरा गर्नु पर्ने दायित्व सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।